भारतीय निर्देशक प्रदीप सरकारको मृत्यु भएको छ।
६८ वर्षको उमेरमा उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी लामो समयदेखि बिरामी थिए। उनी डायलासिसको सहारामा बाँचिरहेका थिए।
उनको मृत्युपछि बलिउड कलाकारहरूले शोक व्यक्त गरिरहेका छन्।
उनले ‘परिणीता, हेलीकप्टर इला, लागा चुनरी मे दागः जर्नी अफ ए वुमन, लफंगे परिन्दे, मर्दानी’ जस्ता फिल्म निर्देशन गरेका थिए।
उनी अभिभावक र बच्चाबीचको उमेर अन्तरको कथामा नयाँ फिल्म निर्देशन गर्ने तयारीमा थिए। उनले पछिल्लो समय ‘कैसी पहेली जिन्दगानी’ फिल्म निर्देशन गरेका थिए।