बलिउड अभिनेत्री परिणीति चोपडा विवाह गर्ने तयारीमा छिन्।
उनले आम आदमी पार्टीको राज्यसभा सांसद राघव चड्ढासँग विवाह गर्न लागेकी हुन्।
उनीहरूले बिहे गर्न लागेको आम आदमी पार्टी कै सांसद सञ्जीव अरोडाले खुलासा गरेका छन्।
‘म राघव चड्ढा र परिणीति चोपडालाई हार्दिक बधाई दिन चाहन्छु। आशा छ उनीहरूलाई प्रेम, आन्नद र सद्भाव मिलोस्। मेरो शुभकामना छ,’ उनले ट्वीटरमा परिणीति र राघवको तस्बिर सेयर गर्दै लेखेका छन्।
विवाहको विषयमा परिणीति र राघवले केही बताएका छैनन्।
भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार उनीहरूको परिवारबीच विवाहको छलफल भइरहेको छ।
केही समयअघि परिणीति र राघव एकसाथ देखिएका थिए। इग्ल्यान्डमा पढ्दा परिणीति र राघवबीच चिनजान भएको थियो।
परिणीतिले द युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।
राघव पेशाले चार्टेड अकाउन्टेन्ड हुन्। गतवर्ष पञ्जाव सरकारले उनलाई सल्लाहकार बनाएका थिए। अन्य क्षेत्रमा काम गर्ने भन्दै विपक्षी दलले उनको आलोचना गरेका थिए।