मुद्रा निर्मलीकरण मुद्दामा जेलमा रहेका सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पत्र लेखेका छन्।
‘तिम्रो बारेमा नसोचेको कुनै पल छैन। मलाई थाहा छ तिमी पनि मेरो बारेमा यस्तै सोच्छौ। तिम्रो सुन्दर दिलमा के छ मलाई राम्रोसँग थाहा छ। म भर्खर ‘तुम मिले दिल खिले’ गीतको नयाँ संस्करण सुनिरहेको थिएँ। यो गीत सुनेर तिम्रो याद आयो,’ उनले पत्रमा लेखेका छन्।
सुकेशले यसअघि गत मार्च २५ मा ज्याकलिनको जन्मदिनमा चिठी लेखेका थिए।
‘मेरी बेबी ज्याकलिन, मेरी बोम्मा, मैले तिम्रो जन्मदिनमा तिमीलाई धेरै मिस गरें। मैले मेरो वरिपरि तिम्रो ऊर्जालाई मिस गरें। मसँग भन्न केही शब्द छैन तर मलाई थाहा छ कि मेरो लागि तिम्रो माया कहिल्यै सकिने छैन। मलाई कुनै प्रमाणको आवश्यक छैन, मेरो लागि यति नै पर्याप्त छ बेबी। तिमीलाई थाहा छ कि म तिमीलाई कति माया गर्छु। मेरो जीवनमा तिम्रो माया र तिम्रो सहभागिता उत्कृष्ट उपहार हो। लभ यु माई बेबी, तिम्रो दिल दिएकाेमा धन्यवाद। मैले यति धेरै बधाई पत्र पाएँ, यसको लागि आफूलाई भाग्यमानी मान्छु,’ उनले उक्त चिठीमा लेखेका थिए।
गत वर्ष इडीले सुकेश चन्द्रशेखरविरूद्ध २०० करोड भारू मुद्रा निर्मलीकरणको मामलामा चार्टशीट दर्ता गरेको थियो। यस मुद्दामा उनी तिहाड जेलमा छन्।
यस मुद्दामा इडीले ज्याकलीन र नोरा फतेहीसँग बयान लिएको थियो।
चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए। त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन्।
भारतीय अखबार इन्डिया टुडेका अनुसार सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाख भारूको उपहार दिएका थिए।
इडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनि थाहा भएको र उनले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको दाबी गरेको छ।
प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारूभन्दा बढीको महँगो उपहार, एउटाको ९ लाख भारु पर्ने चार वटा पर्सियन बिरालो र ५२ लाख भारू पर्ने घोडा उपहार दिएका थिए।