नब्बेको दशककी चर्चित बलिउड अभिनेत्री ममता कुलकर्णी र उनका पति विकी गोस्वामीलाई भारतको ठाणेस्थित एक विशेष अदालतले दोषी ठहर्याएको छ। उनीहरूमाथि २ हजार करोड भारतीय रुपैयाँ बराबरको लागूऔषधको मुद्दामा दोषी ठहर्याइएको हो।
अदालतले ममतालाई फरार अभियुक्त घोषित गर्दै उनको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ।
सन् २०१६ मा भएको २ हजार करोड भारुको लागूऔषध कारोबारमा ममता र उनका पतिविरुद्ध मुददा दायर भएको थियो। उनीहरुमाथि वारेन्ट जारी भइसकेको थियो। हाल भने अदालते उनीहरुलाई फरार घोषित गरेको हो।
उनीहरु दुवै जना हाल केन्यामा भएको र प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी भारत फर्काउने तयारी गरेको बताइएको छ।