रजनीकान्तको नयाँ फिल्म ‘२.०’ मा अभिनेता अक्षय कुमारले भिलेनको भूमिका निभाएका छन्। यस्तै रजनीको अर्को फिल्म ‘काला’ मा पनि बलिउड अभिनेता नै भिलेनको भूमिकामा देखिने भएका छन्।
यी अभिनेता अरु कोही नभएर नाना पाटेकर हुन्। ६६ वर्षीय नाना पाटेकर रजनीको तमिल फिल्म कालाको मुख्य भिलेन हुनेछन्। समाचारका अनुसार उनी यस फिल्ममा एक क्रुर राजनीतिज्ञको भूमिकामा हुनेछन्।
फिल्ममा रजनीले नानाको पार्टीको विरोध विरोधी हुनेछन्। यो फिल्मा रजनी, नानाबाहेक हुमा कुरेशी, अन्जली पटेल, समुथिराकानी र पन्जक त्रिपाठीको पनि मुख्य भूमिका छ। फिल्म धनुषले निर्माण गर्दैछन् र यसमा उनको पनि केमियो भूमिका हुनसक्ने बताइएको छ।