शाहरुख खान र अनुष्का शर्माद्वारा अभिनित इम्तियाज अलीको नयाँ फिल्मको नाम बल्ल जुरेको छ। यो फिल्मको नामको विषयमा सुरुदेखि नै चर्चा भइरहेको थियो।
सुरुमा 'रिङ' र पछि 'रेहनुमा' राखिने भनेको यो फिल्मको नाम बल्ल आएर टुंगो लागेको छ। फिल्मको नाम 'जब ह्यारी मेट सेजल' तय भएको छ।
आगामी अगस्ट ४ मा रिलीज हुने भनिएको यो फिल्मको सुटिङ बुडापेस्ट, प्राग र भारतमा भएको छ।