बलिउड हलिउडभन्दा धेरै ठूलो फिल्म उद्योग भएपनि पहिचानको मामिलामा पछाडि नै छ। व्यापक हुँदाहुँदै पनि हलिउड कलाकारको विश्वभरीमा जति पहिचान छ त्यति बलिउड कलाकारको छैन।
तर, यसोभन्दा उनीहरु भारतमा मात्र सिमित छन् भन्ने पनि होइन। बलिउड कलाकारका विश्वका कैयौं देशमा लाखौं फ्यान छन्। पछिल्लो समयमा इरफान खान, प्रियंका चोपडा, दिपीका पादुकोण, फ्रेडा पिन्टो जस्ता बलिउड कलाकारले हलिउडमा काम गरेर अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका छन्।
तर, हलिउड गएकाका तुलनामा बलिउडमै काम गर्नेका पनि अन्तर्राष्ट्रिय फ्यान कम भने छैनन्।
आमिर खान यसका जल्दाबल्दा उदाहरण हुन्। चीनमा दंगल अघि पनि आमिरका पिके र थ्री इडियट्स हिट थिए। दंगलले त झन् अप्रत्याशित बजार लिएको छ। योसँगै आमिरकाफ्यानको संख्या पनि ह्वात्तै बढेको छ।
बलिउड फिल्मबाटै धेरै अन्तर्राष्ट्रिय फ्यान बनाउन सफल कलाकारमा आमिर खान, रजनीकान्त, माधुरी दिक्षित, शाहरुख खान, अमिताभ बच्चन लगायत छन्।
कुन कलाकारका कुन देशमा धेरै फ्यान?१.अमिताभ बच्चनः इजिप्ट
२.शाहरुख खानः जर्मनी
३.आमिर खानः चीन
४.माधुरी दिक्षितः पाकिस्तान
५.रजनीकान्तः जापान
६.चंकी पाण्डेः बंगलादेश
७.राज कपुरः रसिया
(एजेन्सीको सहयोगमा)