एकता कपुरले चाँडै फिल्म 'रागिनी एमएमएस २' को वेब सीरीज लन्च गर्ने भएकी छन्।
फिल्ममा पहिले अभिनेत्री सनी लियोनले मुख्य भूमिका निभाएकी थिइन्। तर, अब वेब सीरीजमा भने करिश्मा शर्मा र रिया सेनको मुख्य भूमिका हुनेछ।
यो नयाँ फिल्मको नाम 'रागिनी एमएमएस २.२' राखिएको छ र यसको सुटिङ सुरू भइसकेको छ।
फिल्ममा सिमरनको भूमिकामा रिया र रागिनीको भूमिकामा करिश्मा हुनेछन्। रिया सेनले केही बलिउड फिल्ममा अभिनय गरी हराएकी थिइन् भने करिश्माले 'ये है मोहब्बतें' सीरियलमा काम गरिसकेकी छन्।