अभिनेता सलमान खान डाक्टर महसुर गुलाटी अर्थात् सुनील ग्रोवरसँग मिलेर आफ्नो फिल्म ‘ट्युबलाइट’को प्रचार गरिरहेका छन्।
यसअघि सलमानले आफ्ना फिल्मको प्रचार कपिल शर्माको ‘द कपिल शर्मा शो’ मा गरिरहेका थिए। तर, कपिल र सुनीलको आपसी विवादका कारण सुनीलले शो छाडिसकेका थिए। अहिले आएर सलमानले पनि कपिलको शोलाई वेवास्ता गर्दै सुनीलसँग सहकार्य गरेका छन्।
सोनी च्यानलले ‘ट्युबलाइट’को प्रचारका लागि सलमान र सुनीलसहित अन्य कलाकारसँग मिलेर पुरै दुई घण्टाको कार्यक्रम बनाएको हो। यो कार्यक्रमको नाम ‘सुपरनाइट वीद ट्युबलाइट’ राखिएको छ।
सलमान र सुनीलको यो खास कार्यक्रम यही १८ तारिखमा ‘द कपिल शर्मा शो’ कै समयमा आउने बताइएको छ। यदि यसो भएमा, सलमान र सुनीलको कार्यक्रमको कारण उक्त दिन ‘द कपिल शर्मा शो’ आउने छैन।