बलिउड कलाकारका छोराछोरी अभिनयमा भएपनि-नभएपनि उनीहरुको चर्चा सधैं हुन्छ। उनीहरुको उमेर, फेसन, साथीभाइ, प्रेम र बलिउड प्रवेशमा सबैको ध्यान गइरहेको हुन्छ। यस्तै चर्चा छ अभिनेत्री श्रीदेवीकी छोरी जानवी कपुरको।
बलिउड प्रवेश गरीनसकेकी उनको चर्चा बलिउडकै कुनै अभिनेतालाई मन पराउने विषयमा भएको हो।
भारतीय समाचारमाध्यमका अनुसार जानवी अभिनेता रनवीर कपुरकी फ्यान हुन् । जानवीले रनवीरलाई निकै मनपराउने बताइएको छ। उनको र रनवीरको भेट एक पार्टीमा भएपछि यी दुईबीच मित्रता बढेको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन्। पार्टीमा जानवीलाई रनवीरले अभिनयको विषयमा सुझाव दिएको र जानवीले पनि रनवीरको कुरा मुस्कुराउँदै सुनेकी थिइन्।
जानवी चाँडै बलिउडमा डेब्यु गर्ने तयारीमा छन् ।