बलिउड अभिनेता सलमान खानका भाई सोहेल खानले सामान्य जनतालाई जस्तो सलमान खालाई गल्ती गर्ने छुट नभएको बताएका छन्।
बिबिसी हिन्दीसँगको कुराकानीमा सोहेलले भनेका छन् - सलमान खालको व्यक्तित्व यति ठूलो भएको छ उनलाई अब सामान्य मानिसहरुले जस्तो गल्ती गर्ने छुट छैन।
सलमान खान तीन दशक यता भारतीय फिल्ममा सक्रिय छन्। उनको फिल्मी करियर समेत विवादले घेरियो। उनी पटक पटक जेल समेत परिसकेका छन्।
यद्यपी सोहेलले आफूले सँधै सलमानलाई अप्ठेरो समयमा साथ दिने गरेको बताए।
'सलमान समझदार छ। हामी परिवारको रुपमा उसलाई साथ दिन्छौँ', सोहेलले भनेका छन्, 'सलमान जस्तो व्यक्तिले गल्ती गरेको अवस्थामा त्यसलाई उदाहरण बनाइन्छ र त्यहाँबाट समस्या सुरु हुन्छ।'
सोहेलले भनेका छन् - हामीलाई त सर्वसाधारणलाई जस्तो रिसाउने हक समेत छैन। हामी आफ्नो मनल चाहे अनुसार कुनै ठाउँमा जान पनि पाउँदैनौँ। किनभने भोलिपल्ट पत्रिकामा आउने डर रहन्छ।'
सलमान र सोहेलको फिल्म ट्युबलाइट इदमा रिलिज हुँदैछ। सोहेल फिल्ममा भारतीय जवानको भूमीकामा छन्। जो युद्धमा बन्दी बनाइन्छन्।