बलिउड अभिनेता शाहरुख खानलाई अदालतले जुलाइ २७ मा हाजिर हुन आदेश दिएको छ।
वडोदरा रेलवे स्टेशनमा फिल्म 'रईस' को प्रचारका क्रममा भएको भागदौडको मामिलामा उनलाई अदालतले हाजिर हुन आदेश दिएको हो।
अलग तरिकाले फिल्मको प्रचार गर्न हिँडेका शाहरूखलाई यो प्रचार भारी परेको हो। प्रचारका लागि मुम्बइ रेलवे स्टेशनबाट दिल्लीका लागि क्रांति एक्सप्रैस ट्रेनमा चढेर उनी वडोदरा रेलवे स्टेशन पुगेका थिए। उनलाई त्यहाँ देख्ने बित्तिकै फ्यानहरूको भिड लागेको थियो। भिड अनियन्त्रित भएपछि शान्त पार्न प्रहरीले लाठी चार्ज गरेको थियो। लाठी चार्जका क्रममा सामाजिक कार्यकर्ता फहीद खानको मृत्यु भएको थियो। यस क्रममा केही प्रहरी पनि घाइते भएका थिए।
यस घटनालाई शाहरूखले एकदमै दुर्भाग्यपूर्ण बताएका थिए।
२३ जनवरीमा भएको यो घटनाको जिम्मेवार शाहरूखलाई ठहर्याउँदै उनीविरूद्ध मुद्दा दायर भएको थियो। यही मुद्दाको पेशीका लागि अदालतले उनलाई २७ जूनमा हाजिर हुन आदेश दिएको हो।