सम्वन्धविच्छेदले मानिसको हृदयमा ठूलो पीडा त पारिरहेकै हुन्छ कहिलेकाँहि यसले आर्थिक मामिलामा पनि निकै दुखि बनाएको उदाहरणपनि थुप्रै भेटिन्छ ।
बलिउडका केही यस्ता सेलिब्रेटी डिभोर्स भएका छन् जसले थुप्रै फ्यानको आँखामा आशु आउन विवश बनाएको छ ।
हेर्नुस बलिउडका ८ सबैभन्दा महङ्गा डिभोर्स
- करिश्मा कपुर र सञ्जय कपुर

अभिषेक बच्चनसँग इन्गेजमेन्ट टुटेपछि सञ्जय कपुरसँग विहे गरेकी करिश्मा कपुरको सम्वन्ध राम्रो नभएपछि उनीहरुले २०१४ मा सम्बन्धविच्छेदको लागि आवेदन दिएका थिए र उनीहरुको २०१६ मा कानुनीरुपमा सम्बन्ध विच्छेद भयो। करिश्मा डिभोर्समा आफ्नो लागि नभई छोरा छोरिको लागि भन्दै सञ्जयको बाबुको घर आफ्नो नाममा बनाइन्। त्यस्तै सञ्जयले छोराछोरीको नाममा १४ करोड दिनुपर्यो।

रितिक रोशनसँगको सम्वन्धविच्छेदका लगि सुसेनले ४०० करोड मागेकी थिइन् ।
- सैफ अलि खान र अमृता खान :

सैफले डिभोर्सपछि अमृतालाई ५ करोड दिएका थिए। उनीहरुको छोरा १८ वर्ष नपुग्दासम्म सैफले पढाइ र लालनपालनको लागि महिनैपिच्छे १ लाख दिनुपर्ने सर्त समेत थियो।
- सञ्जय दत्त र रिचा पिलाली :

सञ्जयले डिभोर्सपछि पिलालीलाई समुन्द्रको छेउको अपार्टमेन्ट सँगसँगै कार पनि दिएका थिए भने उनले लामो समयसम्म उनलाई पैसा पनि दिएका थिए ।

फराह र अधुनाले १६ वर्षपछि सम्वन्धविच्छेद गर्ने पक्का भएको छ। फराहले डिभोर्सपछि दिनुपर्ने पैसामा १०,००० स्क्वाएर फिट लामो बंगला छोराछोरीको भविष्यको लागि दिनुपर्ने भएको छ।
- आदित्य चोपडा र पायल खन्ना :

आदित्यको रानी मुखर्जीसँग सम्वन्ध भएको थाहा भएपछि उनीहरुको डिभोर्स भयो। पायल ठूलो मात्रामा पैसाको माग गरे पनि यो गुपचुपमै राखियो।

उनीहरुको सम्वन्धविच्छेदमा प्रभुले दुई वटा महङ्गा कार र २०-२५ करोड दिनुपरेको थियो।

परिवारको सहमति बिना विहे गरेका यो जोडीको सम्वन्धविच्छेदमा पनि ठूलो रकमको माग भएको थियो। तर पनि वास्तविक रकम भने कहिन्यै बाहिर आएन ।
https://www.youtube.com/watch?v=KeZoLN3lMjI