भारतको सेन्सर बोर्डले फिल्महरुमा प्रयोग हुने धेरै शब्दहरुमा धमाधम रोक लगाउन थालेको छ।
शाहरुखको आगामी फिल्म 'जब ह्यारी मेट सेजल' बाट बोर्डले 'इन्टर्कोस' भन्ने शब्द हटाउन भन्यो। त्यस्तै अर्थशास्त्री अमर्त्य सेनको आत्मकथामा आधारित फिल्ममा 'काउ (गाई)' र गुजरातको वर्णनमा पनि प्रतिबन्ध लगायो।
अहिले भारतीय सेन्सर बोर्ड फिल्मका दृश्यमा पनि निकै हावी भएको छ।
दृश्यका आधारमा बोर्डले दिने विभिन्न स्तरको प्रमाणपत्रमा नयाँ मापदण्ड थपिने देखिएको छ।
नयाँ मापदण्ड अनुसार फिल्मको मुख्य कलाकारले चुरोट वा रक्सी खाएको देखाइएमा त्यो फिल्मलाई सिधै 'एडल्ट सर्टिफिकेट' दिइने छ।
बोर्डका अध्यक्ष पहलाज निलहानीले एक अन्तर्वातामा यसबारे जानकारी दिएका हुन्।
बोर्डले भारतमा रिलीज हुने फिल्मबाट यस्ता शब्द तथा दृश्य हटाउने वा परिवर्तन गर्ने निर्देशन दिदैं आएको छ।
'उड्ता पन्जाब'को केही गालीका शब्ददेखि लिएर हलिउड फिल्म 'जेम्स बोन्ड'बाट चुम्बनको दृश्य पनि बोर्डले हटाउन लगाएको थियो।