बलिउड अभिनेत्री सन्नी लियोनका लाखौं फ्यान छन्। भारतको कोचीमा बिहीबार एक कार्यक्रममा सन्नीको एक झलक हेर्न सडकमा भीड उत्रेको थियो। सडकको त्यो भीडले घन्टौं जाम भयो भने ती फ्यानविरुद्ध प्रहरीले उजुरी नै दर्ता गरेको छ।
घन्टौं जाम हुने परिस्थिति सिर्जना गरेर सर्वसाधारणलाई समस्या गराएको भन्दै केरल प्रहरीका सन्नीका सयौं फ्यान विरुद्ध उजुरी दायर गरेको हो।
सन्नीलाई हेर्न आउने भीड सम्हाल्न गाह्रो भएको प्रहरीले बताएको छ। उनी एक मोबाइल पसल उद्घाटन गर्न त्यहाँ पुगेकी थिइन्। प्रहरीले उक्त मोबाइल पसलका मालिक र अन्य १०० जना विरुद्ध सडक बाधा सिर्जना मुद्दा दायर गरेको बताइएको छ।
सन्नीले त्यहाँ जाँदा बाटामा फ्यानले आफूलाई घेरेको तस्बिर र भिडियो सेयर गर्दै आफूलाई मनपराउने सबैलाई धन्यवाद दिएकी छन्।