बलिउड अभिनेता सलमान खानले आफ्नो बाल्यकालको यादगार पल सबैसामु सेयर गरेका गरेका छन्। बाल्यकालको त्यो पल उनले अहिलेसम्म पनि विर्सन नसकेको बताएका छन्। एक कार्यक्रममा सलमान खानले बाल्यकालमा आफ्नो व्यवहारले हैरान भएका साथीले आफुलाई रुवाएको अनुभव साटेका हुन्।
बाल्यकालमा उनी आफ्नो बुवा सलिम खानसँग इन्दौरमा बस्ने गर्थे। त्यो बेला सलमानलाई पानीसँग निकै डर लाग्थ्यो। उनी पानीको स्रोत, नदि, समुन्द्ररको अगाडी पनि जाँदैनथे। उनी आफ्नो साथी तथा पर्ने भाइहरुसँग खेल्थे, तर साथीहरुले सलमानलाई डरपोक भनेर बोलाउने र जिस्काने गर्थे।
सलमानका अनुसार एक दिन जब भाइहरुसँग उनी रमाइलो गरेर बसिरहेका थिए, उनका साथीहरुले सलमानको हात खुट्टा बाँधेर कुवामा फ्यालिदिएका थिए।
सलमान पानीमा परेपछि निकै छट्पटाए, रोए तर उनको साथीले एक सुनेनन्। उनीहरु बरु निकै हाँसिरहेका थिए।
सलमानलाई केही छिनपछि उनका साथीहरुले बाहिर निकाले र हातखुट्टा खोलीदिए। सलमानका अनुसार उक्त कुवामा गोही, सर्प र माछा थिए।
उनले यो घटनापछि आफुलाई पौडीमा सुधार्दै लगे र आज उनी सफल अभिनेतासँगै च्याम्पिएन पौडीबाज पनि हुन्।