अभिनेता रजनीकान्त फिल्म ‘इन्थिरन’ (रोबोट) को सिक्वेल ‘२.०’ निर्माणमा व्यस्त छन्। रजनीका साथै अक्षय कुमार र एमी ज्याक्सनको मुख्य भूमिका रहने यो फिल्म आउँदो वर्ष रिलिज हुनेछ।
करिब ४ सय करोड भारुको लागतमा बन्दै गरेको ‘२.०’ रिलिजपश्चात् भारतकै महँगो फिल्म हुनेछ।
लाइका प्रोडक्सन्सको निर्माणमा बनिरहेको यो फिल्मका गीतमा एआर रेहमानले संगीत दिएका छन्।
शंकरको निर्देशनमा बन्ने फिल्ममा अक्षय कुमार (रिचार्ड) नकारात्मक भूमिकामा छन्। उनको ‘लुक्स’ एकदमै अलग छ।
रजनी (चिट्टी) रोबोट स्वरुपमा देखिएका छन्। यी दुई अभिनेताको ‘लुक्स’ मा फिल्म टोलीले निकै मिहेनत गरेको छ।
यस्तै मिहेनतका केही झलक समावेश गरेर रजनीले आफ्ना दर्शकका निम्ति एक भिडियो बनाएका छन्। ‘२.०’ निर्माणक्रममा सेट र सुटिङ स्थलमा भएका विभिन्न गतिविधि भिडियोमा देख्न सकिन्छ।
हेर्नुहोस् कसरी निर्माण हुँदैछ फिल्म ‘२.०’