बलिउड अभिनेता संजय दत्त यतिबेला आफ्नी श्रीमती मान्यतासँग खुबै रिसाएका छन्। रिसाउनु मात्र होइन उनले मान्यतालाई झपारेको खबर पनि भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन्।
संजय रिसाउनुको कारण मान्यताका केही तस्बिर हुन् जो उनले सामाजिक संजालमा सेयर गरेकी थिइन्। ती तस्बिरमा उनले बिकिनी लगाएकी छन्।
मान्यताले केही समययता इन्स्टाग्राममा बिकिनी लगाएका आफ्ना थुप्रै तस्बिर सेयर गरिरहेकी छन्। उनका तस्बिर हिट पनि भएका छन्। समाचारमाध्यमका अनुसार यही सबले संजयलाई दिक्क पारेको छ र, उनले यस्ता तस्बिर पोस्ट नगर्न मान्यतालाई भनेका छन्।