संगीतले मान्छेको जीवनमा रङ भर्छ, खुसी दिन्छ, दुःख बाँड्छ।
कल्पनाको संसारमा टाढा–टाढा लैजाने पंख हो संगीत। मुखले भन्न नसकेका भावना पोख्ने माध्यम हो संगीत।
जीन्दगीका हरेक क्षण अनुभूति गर्ने सहारा हो संगीत।
यही संगीत दिएर हाम्रो जीवन खुसहाल बनाउनेहरु धेरै छन्। यहीमध्ये एक हस्तीको आज जन्मदिन हो। हाम्रा धेरै भावनालाई गीतको माध्यमबाट बुझाएर, पोखिदिएर संगीतको जादूमा लट्ठ्याउने ती व्यक्ति हुन्, आशा भोस्ले।
१९३३ सेप्टेम्बर ८ मा जन्मेकी भारतीय गायिका आशा भोस्ले आज ८४ वर्ष पुगेकी छन्।
लगातार करिब ७० दशकदेखि गायनमा सक्रिय आशाको नाम सबैभन्दा बढी गीत रेकर्ड गर्ने विधामा गिनीज बुक अफ रेकर्डमा दर्ता छ। उनले १२ हजारभन्दा बढी गीत रेकर्ड गराइसकेकी छन्।
आशाले रमाइला, मस्ती भरिएका, रोमान्टिक, भावुक, आत्मिक सबै खाले गीत गाएकी छन्। र, सबैमा उनको जादू चलेकै छ।
७० दशककी नायिका जिनत अमानदेखि रेखा हुँदै अहिलेकी विद्या बालनसम्मका लागि स्वर भरेकी आशा ‘भर्साटायल’ गायिका हुन्।
उनी सन् २००० मा दादासाहेब फाल्के अवार्ड र २००८ मा पद्मभूषणबाट सम्मानित छिन्।
सदावहार आशाका ‘ए मेहरबान, दील चिज क्या है, पीया तु’ जस्ता गीत सुपरहिट छन्।
आज उनको ८४ औं जन्मोत्सवमा बलिउड सम्बन्धी समाचारमाध्यम पिंकभिल्लाले उनका १० सुपरहिट गीतको सूची तयार गरेको छ, जुन हामीले यहाँ उल्लेख गरेका छौंः
१ आइए मेहरबानः
२ चुरा लिया है तुमने जो दिलकोः
३ कजरा मोहब्बतवालाः
४ जरा सा झुम लुँ मैं
https://youtu.be/UJEfS2UA9hw
५ जवानी जाने मन
https://youtu.be/f5bEkgKTZmw
६ दम मारो दम
https://youtu.be/KDZTUa8Q7O0
७ पर्दे मै रेहेने दो
https://youtu.be/lthlT_CWzmo
८ जब छाए मेरा जादू
https://youtu.be/FmQavOkS5N4
९ अभि ना जाओ छोडकर
https://youtu.be/9VlDX_U2PkI
१० आओ हुजुर तुमको
https://youtu.be/x11QNC9aA70