शैली थिएटरले द्वन्द्वपीडितहरूको अवस्था चित्रण गर्ने नाटक ‘अझै दुख्छ घाउ’ मञ्चन गरेको छ।
महिला, कानुन तथा विकास मञ्चले आयोजना गरेको फोटो प्रदर्शनीका क्रममा बिहीबार नाटक पनि प्रस्तुत गरिएको हो।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको उपस्थितिमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरू भएको नाटक पाँच दिनसम्म चल्नेछ।
कार्यक्रममा द्वन्द्व र द्वन्द्वपीडितबारे फोटो, वृत्तचित्र पनि प्रदर्शन हुनेछ।
शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार गरिएको यस नाटकमा प्रियंका चौधरी, देबेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई, रुपक काफ्ले, प्रकृस्ट रेग्मीले अभिनय गरेका छन्।