माघ १ गतेदेखि देशभर चालु अवस्थामा रहेका नाटकघरहरू क्रमबद्ध रूपमा खुल्दैछन्। कोरोना महामारीका कारण करिब दश महिनासम्म नखुलेका नाटकघरहरू बिहिबारदेखि खुल्न लागेका हुन्।
लकडाउन र प्रतिबन्धहरूका कारण बन्द रहेका नाटकघर पुनः सुरू गर्ने विषयमा झन्डै ४ महिना अघिदेखि छलफल भएको थिएटर हबका संयोजक देव न्यौपानेका बताउँछन्। छलफलपछि सबैको सहमतिमा माघ १ गतेदेखि नाटक घरहरू खोल्ने मिति तोकिएको हो।
'अहिले नाटकघर खुल्यो भन्ने सन्देश मात्र दियौं भने अबको डेढ महिनामा नाटक मञ्चन पनि हुनसक्ने विश्वास राखेका छौं,' उनले भने, 'नाटकघरसम्म दर्शक तान्न सुरूमा नाटकघर खुल्ने जानकारी दिन जरूरी रहेकै कारण यसो गरेका हौ।'
पहिलो दिन काठमाडौंस्थित शिल्पी थिएटरले नाटक 'छ पात्रको एकालप' देखाउँदैछ। त्यसपछि क्रमबद्ध कौशी थिएटर, विराटनगरस्थित झोराहट थिएटर, आरोहण गुरूकुल, पोखरास्थित पोखरा थिएटर, काठमाडौंको मण्डला थिएटर, शैली थिएटर र थिएटर मलमा विभिन्न प्रस्तुति हुनेछन्। नाटकसँगै छलफल, कविता वाचन लगायतका कार्यक्रम छन्।
'...सँगसँगै रंगमन्च' भन्दै तालिका पनि सार्वजनिक भएको छ।
हेर्नुस् तालिकाः