थेम्स थिएटर क्लब (वि एयाक्ट आउट) ले नाट्य मनोवाद प्रतियोगिताको दोस्रा श्रृंखला सुरू गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूको अपेक्षासहित क्लबले दोस्रो अनलाइन प्रतियोगिता २.० सुरू गरेको हो।
कोरोनाका कारण सुस्ताइरहेको नाट्य कार्यमा हौसला दिन यो प्रतियोगिता आयोजना गरिएको हो। अनलाइनबाटै प्रतियोगिता हुने भएकाले कोरोनाको डरले घरबाहिर निस्कन नपाएकालाई पनि सहज हुन्छ। रंगकर्मी, फिल्मकर्मी कलाकार लगायत सम्पूर्णको समय सदुपयोग हुने अपेक्षासहित यो प्रतियोगिता सुरू गरिएको क्लबकी संयोजक रक्षा थापाले बताइन्।
विगत ५ वर्षदेखि थेम्स इन्टरनेसनल कलेजले थिएटर भिलेज नेपालसँग सहकार्य गर्दै नाट्य कार्यशाला र नाटक मञ्चन गरिरकेको छ। सन् २०१६ मा स्थापना भएको यस थिएटर क्लबको मूल उदेश्य ‘रंगमञ्चको संस्कार र संस्कृतिको माध्यमबाट समाज रुपान्तरण’ भन्ने हो।
प्रतिगोगिताकी संयोजक अदिति खनालका अनुसार गत वर्षको प्रतियोगिताले कलाकार–रंगकर्मीहरूसँग जोडिने मौका दिएकाले त्यसैलाई निरन्तरता दिइएको हो।
‘देश विदेशका कलाकार, रंगकर्मी र नाटकलाई माया गर्ने सम्पूर्णलाई एकै ठाउँमा जोड्न/जोडिन दोस्रो मनोवाद प्रतियोगिता लिएर आएका छौं,’ उनले भनिन्।
‘अनलिस योर ड्रामाटिक कलर्स’ नारासहित सुरू यो प्रतियोगितामा निर्णायक मण्डलीमा रंगकर्मी एवं फिल्मकर्मीहरू विजय बराल, दिया मास्के र दिलिप रानाभाट छन्। उनीहरूकै निर्णयको आधारमा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीले क्रमशः २० हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन्। विजेताले नगदसँगै अन्य गिफ्ट ह्याम्परहरू पनि पाउँनेछन्।
प्रतियोगिताका नियम तथा मापदण्डहरू यस प्रकार छन्:
१. प्रतियोगितामा देश विदेशका प्रतियोगीले भाग लिन पाउने छन्।
२. प्रतियोगी १८ वर्ष भन्दा माथिको उमेरको हुनुपर्ने छ। ३. प्रतियोगिताको आवेदन दस्तुर नेपाली प्रतियोगीको लागि सय रूपैंया र विदेशी प्रतियोगीको लागि पाँच डलर रहेको छ। प्रतियोगिले सो रकम थेम्स थिएटर क्लब को इ–सेवा नम्बर ९८४२१५०९४८ तथा पे-पाल आइडी: sagar.dahal2016@gmail.com मा ट्रान्सफर गर्नुपर्ने छ।
४. भिडियोको समयावधी २ मिनेट हो।
५. जुनसुकै भाषाको भिडियो पनि लिइने छ तर नेपाली अंग्रेजी र हिन्दी भाषाबाहेकका अन्य प्रतियोगीले सबटाइटल भने अवस्य राख्नुपर्ने छ।
६. टिकटकमा बनाइएका भिडियोलाई मान्यता दिइने छैन।
७. भिडियोको भिजुअल र अडियो मज्जाले हेर्न र सुन्न सकिने हुनुपर्ने छ। भिडियो सिंगल शटमा खिचेको हुनुपर्ने छ। ब्याकग्राउन्ड म्युजिक र भ्वाइस ओभर भने प्रयोग गर्न पाइने छ।
८. भिडियो: ९७७-९८६२१२९४३० नम्बर मा पठाउनु पर्ने छ।
९. भिडियो पठाउँदा प्रतियोगीले आफ्नो नाम, ठेगाना र रकम ट्रान्सफर गरेको स्लिपको फोटो अनिवार्य पठाउनुहोस्।
१०. भिडियो बुझाउने अन्तिम मिति ३१ जुलाइ, २०२१ हो।
११. प्रतियोगितामा 'टाइ'को अवस्था सिर्जना भएमा विजेता घोषणा गर्ने अधिकार थेम्स थिएटर क्लब र थेम्स इन्टरनेसनल कलेजसँग हुनेछ।
१२. भिडियोलाई थेम्स थिएटर क्लबको इन्स्टाग्राम पेज मा पोस्ट गर्ने अधिकार थेम्स थिएटर क्लब र थेम्स इन्टरनेसनल कलेजसँग हुनेछ।१३. यो प्रतियोगिता इन्स्टाग्राम: @thamestheatreclub @thamescollegekathmandu र फेसबुक: Thames Theatre Club, Thames International मा चल्ने छ।
१४. सर्तहरू लागु हुनेछन्।
सम्पर्क:
इमेल: theatre.club@thamescollege.edu.np
फाेन: +977-9842150948