सरकारले निषेधाज्ञा हटाएसँगै रंगमञ्च क्षेत्रका कलाकारहरु सक्रिय बनेका छन्। राजधानीका थिएटरहरूमा स्वास्थ्य सजगता अपनाएर नाटक मञ्चन हुन थालेका हुन्।
यही बेला काठमाडौं सिनामंगलमा 'पुरानो घर' नामको नयाँ थिएटरसमेत सञ्चालनमा आएको छ। यहाँ रंगकर्मी सुलक्षण भारतीको निर्देशन र लेखनमा असोज १ गतेदेखि 'म' नाटक मञ्चन भएको हो।
सुलक्षण भारतीको एकल प्रस्तुति रहेको 'म' नाटकले मभित्रका अनेक रूप उजागर गरेको छ।
म अर्थात् तपाईं, तपाईं अर्थात् म, अर्थात् हामीभित्रको म। नाटकको केन्द्रमा यही 'म' का अनेक रूप देखाउँछ। अनि दर्शकको मनमा प्रश्न छोडेर जान्छ- 'म' को हो?
राम्रो 'म' कि नराम्रो 'म'? कि दुबै 'म'?
असल वा खराब जस्तो म भए पनि दर्शकले सबै खालको मभित्र आफूलाई देख्नु र भेट्नु नाटकको विशेषता हो।
सुलक्षण भारतीको जीवन्त अभिनयका साथमा मञ्चन भइरहेको यो नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ।
हेर्नुहोस् तस्बिरहरूः