कोरोना कहरका कारण सुस्ताएको नेपाली रंगमञ्च जुर्मुराउन थालेको छ। सडक नाटकदेखि नाटकहलमा नयाँ नयाँ नाटक मन्चन भइरहेका छन्।
भर्खरै मात्र स्थापना हुँदै गरेको नाटकघर ‘नेपाल नाट्यशाला’ गोंगबुले आफ्नो पहिलो प्रस्तुतिका रूपमा ‘जुनकिरीको उडान’ मन्चन गरेको छ। सौभाग्य सिंह 'शोभा' को लेखन निर्देशनमा जुनकिरीको उडान मन्चन भएको हो।
महिला हिंसा विरूद्धको जनचेतनात्मक कथा बोकेको नाटकलाई नयाँ हलमा अफ्ठ्यारो परिस्थितिबीच आफूहरूले मञ्चन गर्दा दर्शकले मनपराइदिएको नेपाल नाट्यशालाले जनाएको छ।
प्रतिकुल परिस्थितिबीच एक महिनाको रिहल्सलपछि केहि दिन मात्र मञ्चन गर्दा पनि दर्शकको बाक्लो उपस्थिति थियो। नाटकलाई नवीन चन्द्र अर्याल, अस्मिता खनालले निर्देशनमा सघाएका छन्।
सौभाग्यसिंह शोभा ,नवीन चन्द्र अर्याल , विशाल देवकोटा, अस्मिता खनाल, मौसम खड्का , चाँदनी शाही , विकास अधिकारी, स्वस्थानी रावत, प्रमिला बिक,अर्जुन दुलाल आदिको अभिनय रहेको नाटक दुई दिन चार शो मन्चन भएको थियो।