महामारीका कारण थपिएको गरिबीको पीडाको कथा बोकेको साँस्कृतिक नाटक ‘ढल्केको सालैजो’ कौशी थिएटरमा नियमित मञ्चन भइरहेको छ।
महामारीले दिएको गरिबी अनि स्वाभिमानी नागरिक हुनुको पीडालाई नाटकमा उतारिएको छ।
निर्देशक आशान्त शर्माले देशको राजनैतिक, सामाजिक बेथितिलाई दुरूस्तै उतारेका छन्।
कोरोना महामारीका कारण भएको लकडाउनमा आफूले समाजमा देखेको कथाहरूलाई नाटकको रूपमा उतार्ने प्रयास गरेको निर्देशक शर्मा बताउँछन्।
वेज प्राइभेट लिमिटेडको प्रस्तुति रहेको नाटकमा रोय श्रेष्ठ, प्रभाकर न्यौपाने, वीरेन्द्र मुखिया, अजश्र ढुंगाना, सुचित्रा उप्रेती, हेना नगरकोटी, अनोज पाण्डे, अर्जुन न्यौपाने, सरला पराजुली, प्रयास बान्तवा राई र संगीता थापाको अभिनय रहेको छ। नाटक चैत ८ सम्म सोमबार बाहेक हरेक साँझ ५ बजे मञ्चन हुनेछ।
हेर्नुस् तस्बिरहरू: