जलवायु परिवर्तन तथा प्रदूषण बोर नृत्य नाटक ‘एस्फिक्सिया’ आज शुक्रबारदेखि मञ्चन हुने भएको छ। बत्तीसपुतलीस्थि शिल्पी थिएटरमा नाटक मञ्चन हुन लागेको हो।
यस नाटकलाई बेल्जियमका मेरियन ल्याम्बर्ट र ट्याटियाना रोसिग्ननले निर्देशन गरेका हुन्। ‘१५ जना कलाकारहरूले प्रदूषण र जलवायु परिवर्तनको बारेमा विभिन्न दृश्य र अभिनयको माध्यमबाट दर्शकलाई जनचेतना फैलाउने कोसिस गरेका छौं’, निर्देशक मारियन ल्याम्बर्टले बताइन्।
रंगकर्मीले पुनः प्रयोग गरिएका प्लास्टिकको झोला, प्लास्टिकका बोतलहरू र दैनिक फोहोरहरू प्रयोग गरेर ब्याकड्रप, सेट र पोशाकहरू सफलतापूर्वक निर्माण गरेका छन्।
नाटक मञ्चनपछि निर्माण समूहले मानिसहरूको घरमा रहेको प्लास्टिकलाई कसरी रिसाइकल गर्न सकिन्छ भनेर सिकाउँने छन्।
तीन दिन मात्रै चल्ने यो नाटक शनिबार र आइतबार (१ बजे र साँझ ५ बजे) दुई पटक मञ्चन हुनेछ।