यतिबेला कोरोना महामारीपश्चात नेपाली रंगमञ्च चलायमान भएको छ।
काठमाडौंमा भएका नाटकघरहरूमा नियमित नाटक मञ्चन भैरहेको छ। दर्शकहरूको पनि उत्साहजनक उपस्थितिले कलाकार तथा रंगमञ्चसँग सम्बन्धित मानिसहरू हौसिएका छन्।
यसैबीच महामारीपश्चात् फेरि उदाएको आरोहण गुरूकुलले थापागाउँस्थित कुञ्ज नाटकघरमा आफ्नो पछिल्लो चौथो प्रस्तुति नाटक 'स्कुल'को नियमित मञ्चन सुरू गरेको छ।
कथाकार दिलिप बन्तावाको कथामा आधारित रहेर कलाकार तथा निर्देशक सुरज तमुले स्कुललाई नाट्य रूपान्तरण गरेको हो।
आदिवासी जनजाति विद्यार्थीहरूलाई विद्यालय पढाइमा खस भाषा बोल्न पर्दा र पढ्न पर्दाको कठिनाइलाई नाटकमा उतारिएको छ।
मातृभाषाको लवज र नेपाली पाठ्यक्रमलाई स्कुलले राम्रोसँग प्रष्ट्याएको छ।
चन्द्र नेपाली, निता राई, सुबास तिमिल्सिना, प्रतिज्ञा भण्डारी, मोहन राई, राजेन्द्र कट्टेल, अरुण मगर आदिको अभिनय रहेको नाटक जेठ २८ गतेसम्म मञ्चन हुनेछ।