काठमाडौंको थपागाउँस्थित मण्डला नाटक घरमा नाटक 'चोरको स्वर' मन्चन भएको छ।
अनिल सुब्बा र अन्वेषण राईले निर्देशन गरेको नाटकमा लिम्बु समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परालाई जस्ताको त्यस्तै उतारेर देखाइएको छ।
केटाले केटी भगाइसकेपछि 'हजुरहरुको छोरी खुसीसाथ राखेको छ’ भनी केटा पक्षका भद्र भलादमीहरू विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई 'चोरको स्वर' मा प्रस्तुत गरिएको छ।
माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार र रीतिरिवाजअनुसार विवाहको प्रसंग अघि बढ्छ।
आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटकको कथा नविन चौहानले तयार पारेका हुन्।
नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायतका कलाकारको अभिनय छ।
नाटक जेठ २० गतेदेखि असार १५ गतेसम्म मञ्चन हुनेछ।
हरेक दिन अपरान्ह ५ बजे नाटक थापागाउँस्थित मण्डला थिएटरमा हेर्न सकिनेछ भने शनिबार १ बजे पनि हेर्न सकिनेछ।
तस्बिरहरू: