मण्डला थिएटर थापागाउँमा रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा एउटा फरकधारको नाटक 'इनसाइड-आउट साइड'को चौथो संस्करण मञ्चन भएको छ।
नाटकमा दर्शकलाई नै सहभागी गराइन्छ। यस नाटकमा जम्मा १५ जना दर्शकलाई सहभागी गराइन्छ।
रामहरिको परिकल्पना तथा निर्देशनमा २०१९ मा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा 'इनसाइड-आउट साइड' को एक संस्करण प्रस्तुत गरिएको थियो।
दर्शकहरू आफैंले नाटक प्रस्तुतिको अनुभव लिन सक्नेछन्।
एक घण्टाको समय अवधिमा जीवनको विभिन्न आयामहरूलाई अनुभव गर्न सकिन्छ। नाटकमा आफैंले आफैंलाई सुन्ने, सोच्ने र महसुस गर्ने गरिन्छ।
आगामी साउन १ गतेसम्म नाटक मञ्चन गरिनेछ।
तस्बिरहरू: