काठमाडौंको कालिका स्थानमा रहेको सर्वनाम नाटक घरमा बुधबारदेखि गीतिनाटक 'सपना अनेक-अनेक'को मन्चन सुरू भएको छ।
कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित रहेर निर्देशक आशेष मल्लले नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।
आफ्नो मातृभूमिबाट अमेरिका पुग्न सपना बुन्नेहरु अमेरिका पुगे पनि आफ्नै देशको सम्झनामा दिन-रात तड्पिरहने र यस्तो तड्पाइको भावहरुलाई गीति नाटकको माध्यममा प्रस्तुत गरिएको छ।
यहाँ आमालाई मातृत्व भावसहित मातृभूमिको बिम्बका रूपमा नाटकमा प्रस्तुत गरिएको छ।
यो गिती नाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको छ भने सत्यराज आचार्य र बानीका प्रधानको स्वर रहेको छ।
नाटकमा प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको छ।
निरिक्षा घतानी, भावना उप्रेती, मिलन शाक्यलगायतले अभिनय गरेका छन्।
आजदेखि सुरू भएको 'सपना अनेक अनेक' साउन २५ गतेसम्म मन्चन हुने सर्वनामले जानकारी दिएको छ।
तस्बिरहरू: