काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा नाटक ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन भइरहेको छ।
गत आइतबारदेखि नियमित रूपमा यो नाटक मन्चन भइरहेको छ।
हिमालबाट बग्ने नदीको जीवन यात्रालाई नाटकमा प्रस्तुत गरिएको छ। मानिसले गरिरहेको प्राकृतिको दोहन र त्यसले निम्त्याएको विपदलाई नाटकले व्यंग्यसमेत गरेको छ।
यो नाटक विभिन्न अन्तर्राष्ट्रिय नाट्य महोत्सममा मञ्चन भइसकेको छ। नदी बग्दा यात्राका क्रममा भेटिने प्राणीसँगको कथालाई नाटकमा प्रस्तुत गरिएको छ।
यो नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज र घिमिरे युवराजको हो।
नाटकमा ज्योति पोखरेल, रविन परियार, पवित्रा खड्का, संगीता उराव, झकेन्द्र बिसी, गोविन्द्र ओली, हिमाल भुजेल, सुशीला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ।
संगीत भने स्मारिका फुयाँल र अनुप तिमल्सिनाले गरेका छन्। यो नाटक साउन १५ सम्म मञ्चन हुनेछ।
तस्बिरहरू: