काठमाडौंको सिनामंगलस्थित पुरानो घरमा यतिबेला नाटक ‘सिटामोल’ मन्चन भैरहेको छ। देशमा भैरहेको एउटा बेतिथिले सर्वसाधारणलाई कसरी समस्यामा पार्नसक्छ भनेर नाटकले व्यंग्य गरेको छ।
प्राकृतिक विपत् आइलाग्दा सरकारीस्तरबाट जनतालाई सहयोग हुनुको साटो विपतमा अर्को आपत् थपिदिने कार्यलाई नाटकले उजागर गरेको छ।
जयाराम ढकालले निर्देशन गरेको यो नाटकलाई सुलक्षण भारतीले लेखेका हुन्। यो नाटक पुरानो घरमा आगामी २५ गतेसम्म नियमित मन्चन गरिनेछ।
मनीष निरौला र राजकमल फकिरको संगित रहेको नाटकमा अरूण पौडेल, सरिता भुजेल, रितेश कार्की, श्रवण यादव, आलोक थापी, युनिशा बजगाईं, प्रवीण खरेल, अस्मिता भारती, पियुष कुँवर, धनलक्ष्मी राई, सन्देश कार्की, शिशिर गिरी, सागर भट्टराई, टीका निरौला, सविता तामाङ, सुरेश राई, सरोज खालिङ राई, तुलसी बोहोरा, सुदिन लुइँटेल र अर्नव घिमिरेले नाटकमा अभिनय गरेका छन्।