पुरानो घर थिएटरमा नाटक 'एन इन्स्पेक्टर कल्स' मञ्चन हुने भएको छ। सिनामंगलस्थित थिएटरमा आगामी भदौ १७ गतेदेखि उक्त नाटक मञ्चन हुन लागेको हो।
डिटेक्टिभ जनरामा आधारित 'एन इन्स्पेक्टर कल्स' जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो। यो नाटकलाई नैतिकतावादी 'मोरालिटी प्ले' भनेर पनि व्याख्या गरिन्छ। सन् १९१२ को ब्रिटिश समुदायको सेटिङ बनाएर लेखिएको यो नाटकलाई नेपालीमा अनुवाद गरिएको हो।
राजकमल फकिरको अनुवाद र निर्देशनमा नाटक तयार पारिएको हो।
यस नाटकमा आभास अधिकारी, विजय ताम्रकार, सारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल र शिशिर सिवाकोटी, मोनिका थापालगायत कलाकारको अभिनय रहेको छ।
भदौ १७ गतेदेखि असोज ९ गतेसम्म हरेक दिन साँझ ५ः३० बजे मंगलबार बाहेक मञ्चन हुनेछ। शनिबार अतिरिक्त शो १ः३० मा हुनेछ।