काठमाडौंको थापागाउँस्थित मण्डला नाटक घरमा नाटक '२४ मा १२' को मन्चन सुरू भएको छ।
उमेश सुनामको लेखन रहेको नाटकलाई संगीत सापकोटाले निर्देशन गरेका हुन्। नेपाली समाजमा रहेको कुरितीलाई नाटकमा प्रस्तुत गरिएको छ।
समाजले गर्ने जातीय र लैङ्गिक भेदभावलाइ नाटकले देखाएको छ। एक दलित समुदायको युवाले भोग्नु परेको प्रेम वियोग र याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले समाजमा बाँच्न गर्नु परेको संघर्षलाई नाटकले देखाएको छ।
आगामी भदौ ७ सम्म यो नाटक मन्चन हुनेछ।
यो नाटक कलासी र गरे आर्ट्सले निर्माण गरेको हो।
नाटकमा राज न्यौपाने, प्रमिला खनाल, अस्मिता खनाल, पूर्ण गन्दर्भ ,क्रिष्टिना बस्नेत, मनिषा ओझा, रवीन्द्र खत्री लगायतको अभिनय रहेको छ।
तस्बिरहरू: