‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ नारा सहित मण्डला थिएटर नेपालले दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्ने भएको छ। सोमबार मण्डला थिएटरले एक पत्रकार सम्मेलनको आयोजना गर्दै नाट्य महोत्सवको जानकारी गराएको हो।
आगमी मंसिर ९ देखि १७ गतेसम्म चल्ने महोत्सवमा पालसहित अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाली नाटक गरी २३ वटा मञ्चन हुनेछ।
भारत, उरुग्वे, कम्बोडिया लगायतका मुलुकबाट आएका कलाकार तथा अभियन्ताले कार्यशाला र तालिम सञ्चालन गर्ने भएका छन्। डेढ करोड रुपैयाँ बजेटमा आयोजना हुन लागेको फेस्टिभलमा सांस्कृतिक झाँकी, अन्तरक्रिया र छलफल पनि हुने भएको छ।
यस पटकको नाट्य महोत्सवमा नाटकको विभिन्न विधामा उकृष्ट आइडिया ल्याएर काम गर्नेलाई इनोभेटिभ आइडिया अवार्डको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।