सुदुर पश्चिमको मगर समुदायको लोककथामा आधारित नाटक कुभिन्डोको कथा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवसँगै नियमित मन्चन गरिने भएको छ। दयाहाङ राई निर्देशित नाटकको मंगलबार विशेष शो गरिएको थियो।
शुक्रबारदेखि काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा हुने महोत्सव सुरू हुने भएको छ।
'सामाजिक रूपान्तरणका लागि रंगमञ्च: विविधताको उत्सव' नारासहित शुक्रबारदेखि हुने महोत्सव ९ दिन सम्म चल्ने छ भने १६ देशका २३ वटा नाटक देखाइने छ।
महोत्सवको अन्तिम दिन देखाइने नाटक 'कुभिन्डोको कथा' महोत्सव समापनसँगै नियमित मन्चन हुनेछ।
प्रनिश मगरले लेखेको कुभिन्डोको कथालाई विकास जोशीले सह-निर्देशन गरेका छन्।
नाटकमा विशेष अडिसनबाट छानिएका कलाकारहरूको अभिनय छ।