काठमाडौंमा नाटक 'अर्धांगिनी' मञ्चन भइरहेको छ।
मोक्षदा थिएटरको आयोजनामा माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको सभागृहमा फागुन ७ गतेदेखि ९ गतेसम्म नाटक मञ्चन हुन लागेको हो।
विलियम शेक्सपियरको नाटक ‘मर्चेन्ट अफ भेनिस’ लाई सुगम दुलाल र गौरव भट्टले रूपान्तरण गरेका हुन्।
कृपा अर्यालले निर्देशन गरेको नाटकमा किरण चन्द, विरेन्द्र श्रेष्ठ, रमाल घले, साहिल लम्साल, गौरव भट्ट, अमृत पौडेल, सुस्ना गुरुङ, प्रफुललाल श्रेष्ठ, मिरा तामाङ, आदेश थापा, पल्लभ निरौला, सुभम श्रेष्ठ, अदिती मिश्र, यजु मानन्धरलगायत कलाकारको अभिनय छ। संगीतमा साक्षी तिवारी र सुजन घले छन्।
नाटकमा १३० वर्षअघि नेपाली समाजमा महिलाको स्थान र त्यसविरूद्धको लडाइँका कथा देखाइएको छ। साथै जातका आधारमा गरिने अपहेलनाका कारण पीडामा परेका गाउँलेहरूको भोगाइ दर्शाइएको छ।
नाटक हरेक दिन दुई शो मञ्चन हुनेछ।