नेपाल एयरलाइन्सले वाइड बडी जहाज किन्न नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याजदर पुनरावलोकन भएको छ। ऋण सम्झौताको समय ९ प्रतिशतमा सहमति भएको थियो। व्यावसायिक उडान सुरु भएपछि ब्याजदर परिमार्जन गर्ने सम्झौताअनुसार कोषले ऋणले ब्याजदर बढाएको हो।
अब एयरलाइन्सले वार्षिक १०.५ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ। २ जहाज किन्न नागरिक लगानी कोष र सञ्चय कोषसँग समान १२/१२ अर्ब ऋण लिएको एयरलाइन्सले वर्षमा २ अर्ब बढी ब्याजमात्र तिर्नुपर्ने भएको छ।
१५ वर्षका लागि भनेर कोषले ऋण दिएको हो र यसको समायावधि बढाउन सकिने कोषका मुख कार्यकारी अधिकृत शुशिलकुमार अर्यालले जानकारी दिए।
व्यवसायिक उडानपछि वार्षिक १०.५० प्रतिशतका दरले त्रैमासिक रुपमा एयरलाइन्सले व्याज रकम भुक्तानी गर्नुपर्नेछ।
अर्थात् साढे १० प्रतिशतको वार्षिक व्याज रकम १ अर्ब २६ करोड हुन आउँछ। यसहिसाबले एयरलाइन्सले एउटा वाइडबडी जहाजको ब्याजमात्र वर्षमा १ अर्ब २६ करोड रुपैयाँ तिर्नुपर्ने छ।
दुई संस्थासँग २४ अर्ब ऋण लिएर ल्याइएका यी जहाज अहिले भने गन्तव्य अभावमा उड्न सकेका छैनन्। एक तिहाइ क्षमतामा मात्र जहाज उडिरहेका छन्।
लामो दुरीमा उडान गर्ने भनेर ल्याइएका जहाज अहिले न्यारो बडी जहाजले उडान गरिरहेका ठाउँमा उडान गरिरहेका छन्। बजार प्रबर्द्धनको अभावमा यी गन्तव्यमा पनि पर्याप्त यात्रु छैनन्।
अन्तर्राष्ट्रिय उडानका लागि दुई ए३२० न्यारोबडी दुई ए ३३० र एउटा बोइङ रहेको सरकारी स्वामित्वको एयरलाइन्सले भारतको नयाँ दिल्ली, मुम्मबई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंककमा उडान गरिरहेको छ।
याे पनि पढ्नुहाेस: