ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानल विजयी भएको छ। लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा जित निकालेको छ ।
टानको ३९औ वार्षिक साधारण सभासँगै आईतवार सम्पन्न निर्वाचनमा नवराज दाहालका निकटतम प्रतिद्वन्दी मोहन लम्साल १८ मतले पराजित भए। दाहालले ३३१ मत प्राप्त गर्दा लम्सालले ३१३ प्राप्त गरेका छन्।
अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले मात्रै ५० मत बटुले।
दाहाललाई एमाले–माओवादी व्यवासायीको समर्थन रहेको थियो भने लम्साललाई कांग्रेस–नयाँ शक्तिका व्यवसायीको समर्थन रहेको थियो।
टान निर्वाचन समितिकाअनुसार अध्यक्षसहित वाम गठबन्धनबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन्।
यता लोकतान्त्रिक समुहबाट भने बरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य विजयी भएका छन्।
टानको ३९ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको थियो। महाधिवेशन सुरु भएकै दिन भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ ।
कसले कति मत पाए हेर्नुहोस् ।
(अध्यक्ष):
नवराज दाहाल –331 विजयी
मोहन लम्साल– 313
नुरुजाङ्बु शेर्पा (स्वतन्त्र)– 50
(वरिष्ठ उपाध्यक्ष):
पूर्ण चन्द्र भूषाल –328
खुम बहादुर केसी –359 विजयी
(प्रथम उपाध्यक्ष):
जीवन थापामगर –408विजयी
बाबुकाजी सिटौला –280
(द्धितिया उपाध्यक्ष):
ऋषि प्रसाद नेपाल –319
निलहरी बास्तोला –364 विजयी
(महासचिव):
आङ पेम्बा शेर्पा – 377 विजयी
चेवन देवकोटा – 325
(सचिव):
सुजन लामिछाने –359 विजयी
चोलेन्द्र बहादुर कार्की – 330
(कोषाध्यक्ष):
रामकृष्ण तिमल्सिना –342विजयी
सुवास केसी –339
(सह-कोषाध्यक्ष):
तारा राना –385 विजयी
किरण धरेल –282
(महिला सदस्य):
कविता लामिछाने –261
ऋतु ग्याम्दान –417 विजयी
(सदस्य):
रविन्द्र अधिकारी –371 विजयी
राजन प्रसाद काप्री –342 विजयी
गोपाल श्रेष्ठ –363 विजयी
जीवन लामा –375 विजयी
बाबुराम गुरुङ –362 विजयी
सुक बहादुर लामा –340 विजयी
हरि शरण खरेल –264
हर्क बहादुर गुरुङ –320
शेर बहादुर परियार –334 विजयी
जंग बहादुर लामा –343 विजयी
कुल प्रसाद सुवेदी –275
सरोज कट्टेल –268
तपन राज भण्डारी –273
सुर्य बहादुर थापा –304
नामग्याल जाङबु शेर्पा –322
आङबाबु शेर्पा –323