अहिले नेपालमा बिजलुीको तार उत्पादन गर्ने २४ वटा कम्पनी छन् । विगतका दिनहरुमा नेपाल तारका लागि भारतसँग निर्भर रहनु पर्दथ्यो। अहिले आएर भने नेपाली केवल उद्योगहरु आफ्नो उत्पादन भारतमा निर्यात गरिरहेका छन् । नेपालमा केवल तारको बजार र तार किन्दा ध्यान दिनुपर्ने कुराहरुमा बारेमा हामीले लुम्बिनी विद्युत उद्योगका संचालक आनन्द मल वैद्यसँग कुराकानी गरेका छौं -
लामो समयदेखि केवल व्यवसायमा हुनुहुन्छ? कसरी यो क्षेत्रमा लाग्नु भयो?२०३५ सालदेखि म केवल उद्योगमा संलग्न छु। नेपालमा पहिलो केबल उद्योग हामीले नै सुरु गरेका थियौं। त्यति बेला हामीले जनता केबल सुरु गरेका थियौं। त्यसमा २० वर्ष सँगै थियौं।
पछि २०५५ मा हामी अलग हुँदा मेरो हिस्सामा लुम्बिनी विद्युत आयो। केबल उद्योगमा मेरो चालिस वर्षको अनुभव हुन लाग्यो। हामीले सुरु गर्दा नेपालमा केबल जति सबै बाहिरबाट आयात हुन्थ्यो।
पहिले नेपालमा केबलका लागि कहाँ भर पर्नु पर्दथ्यो ?अहिले त हामी केबलमा आत्मनिर्भर भन्दा पनि निर्यात गर्न सक्ने अवस्थामा पुगिसकेका छौं। पहिले पहिले भने भारतबाट आउँथ्यो। यहाँको गुणस्तर र मूल्यले नेपालमै पर्याप्त उत्पादन छ। हाल नेपालमा २४ उद्योगले केबल उत्पादन गरिरहेका छन्।
यहाँ केबलको ओभर आपूर्ति छ। मागभन्दा पाँचगुणा बढी आपूर्ति भइरहेको छ। त्यसैले गर्दा यहाँ बढी नै प्रतिस्पर्धा भइरहेको छ।
तपार्इँहरु लामो समयदेखि केबल नै उत्पादन गरिरहनु भएको छ, मूल्य र गुणस्तरको मामिलामा के गरिरहनुभएको छ?हामी गुणस्तरमा सम्झौता गर्दैनौ । हामी मूल्य र त्यसमा छुटको भरमा भन्दा पनि गुणस्तरको भरमा बिक्री गर्नेमा विश्वास राख्छौं। लिटमसको बटमलाइन नै यही हो। मान्छेहरु जिवनभरको कमाइबाट घर बनाउँछन् तर उनीहरु बुझ्दैनन् कि पचास लाखको घर बनाउने मान्छेले पचास हजारको केबलमा सम्झौता गर्छन्।
हामी मूल्यमा केही महंगो राख्छौं तर गुणस्तरमा कुनै सम्झौता गर्दैनौं। बत्ती त सस्तो तारबाट पनि बल्छ तर त्यो टिकाउ र सुरक्षित भने पक्कै हुँदैन। पचास लाखको घर बनाउने मान्छेले पचास हजारको तार किन्दा १५ सय रुपैयाँको छुटको चक्करमा पचास लाखको लगानी जोखिममा पर्नसक्छ। यो कुरा हरके उपभोक्ताले बुझन आवश्यक छ।
लिटमसकोे उत्पादन क्षमता कति छ?हामी केबल, कन्डक्टर र इनामेलवायर बनाउँछौं। क्षमताको हिसाबले हामी नेपालको सबैभन्दा ठुलो उद्योग हौं। कन्डक्टर ठुलो २२० केभिएक्षमताको लागि पनि बनाउँछौं। केबलमा पनि लो भोल्टेजको लागि सबै किसिमको बनाउँछौं।
इनामेलवायर (मोटर वायरिङ) त भारतमा पनि निर्यात गर्छौ। लोटस ब्रान्डमा हामी भारतमा पनि बिक्री गरिरहेका छौं। हाम्रो उद्योगमा हामीले आधुनिक प्रविधिमा आधारित मेशिन जडान गरेका छौं।
हामीले गुणस्तरीय उत्पादन मात्र दिने गरेका छौं। नेपाल गुणस्तरमात्र होइन भारतीय गुणस्तरको प्रमाणपत्र पनि हामीले लिएका छौं जसको कारणले गर्दा कुनै भारतीय परामर्शदाताले भारतीय उत्पादन शिफारिस गरेमा त्यसलाई मिट गर्नको लागि हामी सक्षम छौं।
उपभोक्ताले लिटमस केबल नै रोज्नुपर्ने कारणहरु केके हुन्?लिटमसमात्र गुणस्तरीय अरु सब खत्तम हुन् भनेर म भन्दिन तर सबैले गुणस्तरीय केबल मात्र प्रयोग गर्नुपर्छ। तर उपभोक्तालाई कसरी थाहा हुन्छ? उसले त मूल्यसूची हेर्ने हो। २–५ प्रतिशतको मूल्यमा फरक हुनसक्छ। तर कुनै सस्तो हुँदैमा त्यसमा कुनै खराबी हुनसक्छ। हाम्रो चालिस वर्ष देखिको अनुभवको विश्वासको ग्यारेन्टी हो।
बिजुली सर्ट भएर आगलागि हुनु र तारको सम्बन्ध के हुन्छ?बिजुली सर्ट भएर आगो लाग्नुका धेरै कारण हुन्छन् त्यसमा तारको गुणस्तर एक हो। तारबाट आगो लाग्ने सम्भावना कम हुन्छ। किनभने यसमा पिभिसी इन्सुलेसन हुन्छ जसको कारण आगो अगाडि फैलन सक्छ।
बरु सम्भावना कहाँ हुन्छ जहाँ सर्ट सर्किट हुन्छ जहाँ २० एमपिएर लोड हुने ठाउँमा तपाईले सस्तोको नाममा पाँच एमपिएरको तार लगाउनुभयो भने तातो भएर सर्ट हुने सम्भावना हुन्छ। हामीले एफआर केबल पनि बनाएका छौं जो फायर रिटार्डेन्ट र लो स्मोक हुन्छ।
तार बनाउन आवश्यक कच्चा पदार्थ नेपालमै पाइन्छ कि विदेशबाट ल्याउनुपर्छ?प्राय सबै विदेशबाट ल्याउनुपर्छ। कपर भारतबाट, पिभिसीअन्य देशबाट ल्याइरहेका छौं।
लि
टमसको उपस्थिति नेपाली बजारउपभोक्ताबीच कस्तो छ?नेपालमा ब्रान्डिङको समस्या छ। कुन ब्रान्ड कस्तो भनेर उपभोक्तालाई शिक्षित पार्नुपर्छ त्यो हामीले गरिरहेका छौं। उपभोक्ताले तार किन्दा त्यसको गुणस्तर चिनेर किन्यो भने ब्रान्डिङ हुने हो। कहिले कुनै पसलेले कसैलाई कम गुणस्तरको तार दिएमा उपभोक्ताले यसमा गुणस्तर छैन भनेर फैसलागर्नसक्ने हुनुपर्छ।
तार किन्दा केके कुरामा ध्यान दिनुपर्छ?हाम्रोमा मिस्त्रीको भनाइ अनुसार तार किन्छन्। त्यस्ता मिस्त्रीले त्यही तार किन्छन् जसमा पाँच - दश रुपैयाँको कुपन हुन्छ। धेरै कम्पनीले त्यसरी कुपन राख्छन् तर हामी राख्दैनौं। यसरी किन्दा उपभोक्ता ठगिने सम्भावना हुन्छ।
यसमा उपभोक्ता चनाखो हुनुपर्छ। घरमा वायरिङ गर्दा सामन्य मिस्त्रीको भर पर्नुहुँदैन। त्यसैले घर बनाउँदा इन्जिनियरसँग इलेक्ट्रीकल डिजाइन गराउनुपर्छ र उसले गरेको सिफारिस अनुसार तार किन्नुपर्छ।