मलेसियास्थित रिया आइएमईले दसैँ र तिहारको अवसरमा ल्याएको ‘आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामको व्यापार प्रवद्र्धनात्मक कार्यक्रमबाट ४ जना विजेता छानिएका छन्।
सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा राम थापा, महेन्द्र शाह, संजितकुमार राय र रामएक्बल महतो विजेता भएका हुन्। ति सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए।
स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दसैँ र तिहारलाई लक्षित गरी दुई महिनाको प्रवद्र्धनात्मक कार्यक्रम ल्याएको थियो।
योजना अवधिभ पाँच जना विजेता घोषणा गरिएको छ। यसअघि राममणी भट्टराई पहिलो विजेता बनेका थिए। विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान पाउने छन्। उपहार पाउने मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ कम्पनीले जनाएको छ।