हेली एभरेष्टले हवाइ सुरक्षामा गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै त्यहाँ कार्यरत पाइलटले राजीनामा दिएका छन् ।
हेली एभरेष्टका अमेरिकन पाइलट माइकल रबिन्सनले हवाइ सुरक्षामा गम्भीर खेलवाड भइरहेको र काम गर्ने वातावरण नरहेपछि राजीनामा दिन बाध्य भएको बताएका छन् ।
हवाइ सुरक्षामा ध्यान दिन आफूले पटक पटक व्यवस्थापन पक्षसँग आग्रह गरेको, नमानेपछि नागरिक उड्ययन प्राधिकरणमा समेत लिखित निवेदन दिदाँ कुनै सुनुवाइ नभएको उनले बताएका छन् ।
'मैले हेली एभरेष्टले हवाइ सुरक्षा उल्लद्यंन गर्दै आएपछि सरकारी निकायलाई जानकारी गराएको गराएको थिए हुनै सुनुवाइ नभएपछि जोखिम मोल्न सकिन् ' रबिन्सनले भनेका छन् ।
उनले हेली एभरेष्टले उडान तालिका तत्कालको तत्काल तय गर्ने गरेको आरोप लगाएका छन् । उडान भर्नुभन्दा अगाडि रुट, वैकल्पिक रुट, इन्धन, वजन तथा सन्तुलन अपेक्षित उडानका बारेमा जानकार रहनुपर्ने भएता पनि हेली एभरेष्ट यस विषयमा गम्भीर नभएको उनले बताए।
मौसम अनुसार उडान प्रभावित र उडान तालिका परिवर्तन हुने गरेतापनि हेली एभरेष्टले हरेक दिन हचुवाको भरमा उडान तालिका फेर्ने र नयाँ उडान थप्ने गरेको उनले आरोप लगाए।
उनले कतिपटक त जोखिम मोलेर रातको समयमा पनि उडान भर्न एभरेष्ट हेलीले बाध्य तुल्याएको बताए। बढी नाफा कमाउन तौलभन्दा बढी कार्गोको मात्रा बढाउने गरेको उनको अर्को आरोप छ।
हेलिकप्टरले क्षमताभन्दा बढी तौल बौक्न लगाउने र नमान्दा व्यवस्थापन पक्षसँग समय समयमा झगडा हुने गरेकाले काम गर्ने वातावरण नभएको उनले बताए।
निषेधित क्षेत्रमा उडान भर्न लगाउने, उद्धार उडानमा ढिलाइ गर्ने, चालकलाई विदा नदिइने, अप्रेसन निर्देशक, मुख्य चालक र अप्रेसन व्यवस्थापनको जानकारी वा अनुमति वेगर उडान भर्ने गरेको उनले बताए।
अहिलेसम्म पनि हवाइ सुरक्षा उडानमा हेलि एभरेष्ट जस्ताको त्यस्तै र सुधार गर्न ब्यवस्थापन पक्ष गम्भीर नभएपछि राजीनामा दिन बाध्य भएको उनले बताए।
हेली एभरेष्ट आफ्ना गल्ती सच्चाउन तयार नभएपनि नागरिक उड्यन प्राधिकरणले भने यस विषयमा छानबिन अघि बढाएको छैन। रबिन्सनले लिखित रुपमा जानकारी गराएपनि हेलि एभरेष्टले तत्कालिन पर्यटनमन्त्री जितेन्द्र देवलाई एभरेष्ट बेस क्याम्पमा लगेर खाजा खुवाएको थियो।
एभरेष्ट हेलीले तत्कालिन पर्यटनमन्त्री देव लाई आर्थिक प्रलोभनमा पारेर आफू विरुद्धको कुनै पनि छानविन नगर्न आग्रह गरेको स्रोतले बताएकाे छ।