राजधानीको भृकुटीण्डपमा कात्तिक ६ गतेदेखि चलिरहेको ‘शिखर शुज मेला’मा सर्वसाधारणको आकर्षण बढेको छ।
उक्त मेलामा शिखरले हरेक जुत्ता चप्पलको खदिमा १० देखि ७० प्रतिशत सम्मको छुट दिइरहेको दावी गरेको छ। छुट तथा गुणस्तरीयताका कारण आकर्षण बढेको प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइको दावी छ।
‘जाडोका बेला पनि सस्तो र सुलभ मूल्यमा जुत्ता, चप्पल किन्न पाउँदा ग्राहक खुसी भइरहेका छन्’ उनले भने ‘पाँच सय रुपैयाँमै छाला तथा कपडाको जुत्ता छानी छानी पाइनेछ।’
कम्पनीले हाल करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको उनले बताए। उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेको उनको भनाइ छ।
हरेक उत्पादनमा ६ महिनाको वारेन्टी शिखरले जनाएको छ। कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ।