गोर्खा ब्रुअरीले काल्र्सवर्गको १ सय ७० औं वार्षिकोत्सव नेपालमा मनाएको छ। काल्र्सवर्गको अद्भूत सम्पदालाई पाटन संग्राहलयमा फोटो प्रदर्शनी समारोह मार्फत् उसले बार्षिकउत्सव मनाएको हो ।
गोर्खा ब्रुअरीले कम्पनीको कथा बोकेको र ज्याकोब्सेन परिवारको १८औं शताब्दीदेखि अहिलेको दिनसम्मको फोटोहरु दस्तावेजीकरण गरेर पाटन संग्राहलयमा एउटा फोटो प्रदर्शनी समारोहको आयोजना गरेको थियो।
प्रदर्शनीमा १७० वर्षको बियर बु्रइङ्गको इतिहासका साथै यस दौरान गरिएको खोज, अन्य कौतूहल व्यक्तिहरुका समस्याहरु समाधान गर्न र जीवनलाई अझ राम्रो गर्न विश्वलाई प्रेरित गर्नका लागि बाँडिएका कुराहरु प्रदर्शन गरिएको थियो ।
जे.सी. ज्याकोब्सेन एक वास्तविक अग्रणी थिए । उनको प्रयोगशालामा पीएच स्केल र शुद्ध ईष्ट जस्तो वैज्ञानिक खोजहरु गरिएको थियो । ईष्ट बिग्रिएर सम्पूर्ण बु्रइङ्ग उद्योग नै प्रभावित भएको समयमा जे.सी. ज्याकोब्सेन विश्वभरि नै उनको शुद्ध ईष्ट बनाउने खुबीलाई बाँडे, यसले उहाँलाई सम्भवतः खुल्ला स्रोतकोरुपमा कार्य गर्ने पहिलो व्यवसायी प्रमुख बनाउँछ ।
गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिल्वालले भने, हामी हाम्रो १७०औं वार्षिकोत्सव आफ्नो पुरानो दिनको खुशी मनाउन र भविष्यलाई स्वागत गर्नको लागि प्रयोग गर्न चाहन्छौं ।
काल्र्सवर्गले सन् १८४७ देखि आज र भोलिका दिनलाई अझ राम्रो बनाउनका लागि ब्रुईङ्ग गर्दै आएको छ । अझ राम्रो बियरहरुद्वारा अझ राम्रो आज बनाउन र विज्ञानमा लगानी तथा स्थिरताद्वारा अझ राम्रो भोलि बनाउन ।
आज गरिएको पुनःरचनाले अझ बढी मानिसहरुलाई हाम्रो स्थापकको आफ्नो सिमाहरुलाई परिमार्जित गर्ने र विश्वसँग शेयर गर्ने अद्भूत मानसिकता अनुभव गर्ने अवसर दिएको छ ।
काल्र्सवर्गको १७०औं वार्षिकोत्सवको शानदार सुरुवात अगष्ट महिनामा कोपनहेगनमा पूरै हप्ता भयो, जसमा काल्र्सवर्गको बजारहरुबाट सबै पाहुनाहरुले ऐतिहासिक बु्रइङ्गका साईटको भ्रमण गरेका थिए ।
त्यस हप्ताको दौरानमा काल्र्सवर्गले होलोग्राम प्रविधिको नविनतम् उपायबाट आफ्ना स्थापकलाई पुनरजीवित गरेका थिए । विश्वको पहिलो जेरो कार्बन विण्डमिल बारलाई ठाडो बनाएर १० हजार भन्दा बढी पाहुनाहरुका लागि काल्र्सवर्ग जिल्लाको शहरमा अवस्थित पुरानो काल्र्सवर्ग सडकमा वृहत् स्ट्रीट पार्टीको आयोजना गरिएको थियो ।