जापान एयरलाइन्सले जापान–नेपाल कार्गो सेवा सुरु गरेको छ। हाल विश्वका ९२ गन्तव्यमा उडान गरिरहेको एयरलाइन्सको नेपालका लागि स्टारलाईट एक्प्रेसलाई एजेन्ट रहेको छ।
कार्गो सेवाले नेपाल र जापानवीचको आर्थिक सहयोगमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने स्टारलाईट एक्प्रेसका प्रवन्ध निर्देशक सुन्दर दाहालको भनाइ छ।
काठमाडौंमा उडान नगर्ने जापा एयरलाइन्सले काठमाडौंबाट भारतको नयाँ दिल्लीसम्म नेपाल एयरलाईन्स र दिल्लीवाट जापानसम्म जापान एयरलाइन्स मार्फत हरेकदिन कार्गो सेवा उपलब्ध गराउने छ।