नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसिर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ ।
मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ ।
४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ । हाललाई मेघौलीका लागि एकतर्फी भाडा रु.३१६५ निर्धारण गरिएको छ ।
यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसिर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ ।
सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिनेछ ।
सुकेटारका लागि एकतर्फी भाडा रु ५४०५ निर्धारण गरिएको छ ।