शिबम् सिमेन्टका प्रवन्ध निर्देशक रद्यु नन्दन मारु पक्राउ परेका छन्। अवैध रुपमा खानी उत्खनन् गरेको भन्दै जिल्ला वन कार्यालयले मारुलाई ११ दिनदेखि नियन्त्रणमा लिएको हो।
शिबमको सुरौरास्थित खानीमा तोकिएको भन्दा बढी स्थानमा उत्खनन गरेपछि मारु पक्राउ परेका हुन्। वन कार्यालयले ३७ लाख ६० हजार विगो दाबीसहित जिल्ला अदालत मकवानपुरमा मुददा चलाएको छ।
११ दिनअघि मारु पक्राउ परेतापनि जिल्ला वन कार्यालयले भने सुचना गोप्य राखेको छ।
मारुलाई पक्राउ परेर लेनदेनपछि छाड्न सकिने मनसायले जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेले पक्राउ बारे कसैलाई जानकारी मातहतका कर्मचारीलाई निर्देशन दिएको स्रोतले जनाएको छ।
यसैबीच जिल्ला अदालतमा ७ लाख ५५ हजार धराैटी बुझाएपछि मारु रिहा भएका छन् ।
मारुले न्यौपानेलाई रकम दिन अस्विकार गरेपछि उनीमाथि मुद्दा चलाइएको जिल्ला वन कार्यालय स्रोतले जनाएको छ। शिबम सिमेन्टले भने खानी उत्खननको आरोप लगाएर रकम असुल्ने मनसायले मारुलाई पक्राउ गरेको आरोप लगाएको छ।
यसअघि प्रहरीले शिवमका कर्मचारीलाई विद्युत चुहावटका बारेमा पक्राउ गरेको थियो। विद्युत प्राधिकरणसँग मिलेर धेरै युनिट उठेकोलाई कम युनिट बनाएको आरोपमा शिबमका कर्मचारी पक्राउ परेका थिए।