यति एयरलाइन्सले आफुसँग भएको यात्रु सेवाको लागि प्रयोग नहुने बीएइ प्रणालीको जेटस्ट्रिम ४१ क्यानलाई दिएको छ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थल अन्तर्गतको उद्धार तथा अग्नि निवारणको दैनिक अम्यास प्रयोजनार्थ जहाज हस्तान्तरण गरेको यति एयरले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरण नेपालले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने छ ।
यस्ता विमान प्रयोग गरि प्रदान गरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुहरुलाई फाइदा पुग्नेमा यति एयरलाइन्स विश्वस्त छ ।
यति एयरलाइन्सका ग्राउण्ड ह्याण्डलीङ्ग मेनेजर अंकुर जंग राणाले गौतमबुद्ध विमानस्थलमा शिशिल चित्रकारलाई उक्तविमान हस्तान्तरण गरे ।
उडान कार्यका अतिरित्त यति एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानका लागि हरदम सक्रिय र प्रतिबद्ध रहेको सो एयरले जनाएको छ