नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गरेको छ।
बम्परमा लक्की ड्रमार्फत भैरहवाका शिवराज थारुले ब्रान्ड न्यु स्कोडा र्यापिड कार जितेका छन्। लक्की ड्रमा एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक विष्णु कुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यामाहा मोटरसाइकलका ब्रान्ड एम्बेसेडर शरद भेषावाकरको पनि उपस्थिति रहेको थियो।
भेषावाकरले दसैं योजना सुरु भएयता यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकको नाम राखिएको बक्सबाट शिव राज थारुको नाम निकालेका हुन्।
थारुले भैरहवास्थित किस्मत अटोमोबाइल्सबाट यामाहा एफजी–एस एफआई स्पेसियल एडिसन खरिद गरेका थिए। यामाहाको दसैं योजना भदौको दोस्रो साताबाट सुरु भएर कात्तिक मसान्तमा अन्त्य भएको थियो।
यो योजनाअनुसार यामाहाका ग्राहकले सात हजार रुपैयाँ नगद छुट र साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँसम्म जित्ने अवसर त्यस्तै बम्पर पुरस्कारमा स्कोडा र्यापिड कार जित्ने मौका पाएका थिए।
यामाहाले सोमबार नै बम्पर पुरस्कारसँगै अन्तिम साप्ताहिक लक्की ड्रको समेत आयोजना गरेको छ। सो लक्की ड्रमा काठमाडौंका दिनेश पोखरेलले एक लाख रुपैयाँ जितेका छन्। उनले त्रिपुरेश्वरस्थित यामाहा सोरुमबाट यामाहा एफजी एस एफआई खरिद गरेका थिए। पोखरेल सहित ११ जनाले यामाहाको तर्फबाट एक एक लाख रुपैयाँ जितेका छन्।