मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल अहिले संचालनमा आएको छ।
विस १९९३ सालमा स्थापना भएको उद्योग धरासायी भएपछि पटक पटक संचालनमा ल्याउने प्रयास भएपनि सफल हुन सकेन।
आजभन्दा १५ वर्षअघि नीजि क्षेत्रको गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग संचालन गर्ने जिम्मा दियो । मजदुर आन्दोलनको भार उसले थेग्न सकेन र हात झिक्यो।
चरम राजनीतिक हस्तक्षेपको चपेटामा परेको उद्योग पुन संचालन संचालनमा आएको छ। अहिले उद्योगका अध्यक्ष बसन्त बन, प्रबन्ध निर्देशक निलहरि काफ्ले,संचालक मुकुन्द प्रसाद नेपाल र किशाेर शाही लगायतको पहलमा उद्योग संचालनमा आएको छ।
यसैसन्दर्भमा हामीले २०२३ सालदेखि उद्योगका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका संचालक मुकुन्दप्रसाद नेपालसँग उद्योग परिसरमै गएर कुरा गरेका छौं ।
https://www.youtube.com/watch?v=kx6whb46w64&feature=youtu.be